काठमाडाैँ । प्रतिनिधि सभाले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
मंगलवार बसेको सभाको बैठकले सर्वसम्मतले शोक प्रस्ताव पारित गरेको हो । २०७९ मंसिर ४ गतेको निर्वाचनमा रुपन्देही जिल्ला क्षेत्र नम्बर ३ बाट संघीय संसद प्रतिनिधि सभामा निर्वाचित भएका बोहराको मंगलवार नै उपचारका क्रममा निधन भएको हो ।
बोहरा विभिन्न पटक राष्ट्रिय पञ्चायत र प्रतिनिधि सभामा निर्वाचित सदस्य, ८ पटक नेपाल सरकारको मन्त्री भइसकेको थियो । बोहराको ७४ वर्षको उमेरमा भएको जानकारी सदन समक्ष गराउँदै सभामुख घिमिरेले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्नुको साथै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गए ।
संसद बैठकमा संसदको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने राष्ट्रपति कार्यालयको सूचनासमेत सभामुख घिमिरेले पढेर संसदमा सुनाए।
प्रतिक्रिया दिनुहोस्