कृषिमा राष्ट्रलाई आत्मनिर्भर बनाउन वित्तीय संस्थाको सहयोग आवश्यक छः कृषिमन्त्री अधिकारी


काठमाडाैँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धराशायी भएको व्यावसायहरूलाई व्यवस्थापन गरी सही मार्गमा लैजान सरकारले अध्यादेशमार्फत ऐन ल्याएको बताएका छन् ।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले ल्याएको अध्यादेशको सकारात्मक परिवर्तन बजारमा देखिन थालेको दाबी गरेका हुन् । उनले वर्तमान सरकार समयको गतिसँगै समयसापेक्ष रूपमा अगाडि बढेको जिकिर गरे ।  जनतालाई आइपर्ने जुनसुकै समस्या पनि वर्तमान सरकारले सम्बोधन गरेर समाधान गर्ने उनको भनाइ छ ।

“सरकारको तर्फबाट अध्यादेशको माध्यमबाट चाँडो भन्दा चाँडो धरासायी भएको सम्पूर्ण व्यवस्थालाई व्यवस्थापन गर्न सकिन्छ भनेर हामीले चाँडो ऐन ल्याएर जुन ढंगबाट हामीले व्यवस्थापन सुरू गर्‍यौँ, आज बिस्तारै चेन्ज बजारमा आउँदैछ,” उनले भने ।मन्त्री अधिकारीले केही सीमित कृषि व्यवासायीहरुले पैसा कमाउन सके पनि आत्मनिर्भर किसान सँधै गरिबीमा बाँच्नुपरेको बताए । उनले कृषि क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन सरकार एक्लैको पहलले नपुग्ने बताए ।

मन्त्री अधिकारीले आफू व्यावसायिक किसान नभएपनि आत्मनिर्भर किसान भएको बताउँदै रुद्राक्ष खेती र व्यवसायका बारेमा माथिल्लो तहको शिक्षाबाट प्राविधिक उत्पादन गर्न सक्नु पर्ने बताए ।