काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार एक हजार ७०० रुपैयाँले घटेर एक लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर एक हजार ८३० रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्