काठमाडौँ। एन आई सी एशिया बैंकले सोमबारदेखि ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ बिक्रीमा ल्याएको छ । बैंकले १० वर्ष अवधिको ऋणपत्र वार्षिक ७ प्रतिशत ब्याजदरमा निष्काशन गर्न लागेको हो।
एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा २५ लाख कित्ताका लागि आवेदन दिन सक्ने जनाइएको छ ।
५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्तामध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने उल्लेख गरिएको छ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।
प्रभु क्यापिटल लिमिटेड धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक उक्त ऋणपत्र निष्काशन बन्द छिटोमा चैत २८ गते हुनेछ भने ढिलोमा २०८२ बैशाख ८ गते हुने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्