काठमाडौँ । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले कालाे माकस लगाएर सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले बुधबारदेखि सुरू गरेको प्रदर्शनमा आज उनीहरूले कालाे माकस लगाएर सरकारको ध्यानाकर्षण गराएका हुन् । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै हिजाे (आइतबार) सिठी जुलुस निकालेका थिए भने आज उनीहरूले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म कालाे माकस लगाएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।
आन्दोलित शिक्षकहरूले आज (चैत २५) गते देखि शैक्षिक हड्तालको घोषणा गरेका थिए । उनीहरूकाे माग पुरा नभए शैक्षिक हड्ताल अवधिभर उत्तरपुस्तिका परीक्षण नगर्ने र परिक्षामा सहभागी नहुने बताएका छन् ।

















प्रतिक्रिया दिनुहोस्