गत असोजको मनसुनजन्य विपद्बाट भएको क्षतिको डिडिए एक महिनाभित्र गरिसक्ने


काठमाडाैँ । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले गत असोजमा गएको बाढी, पहिरोबाट भएको क्षतिको (डिडिए) एक महिनाभित्र गरिसक्ने निर्णय गरेको छ । 

सोमवार सिंहदरबारमा बसेको परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेशप्रसाद भट्टले बैठकमा गत असोज १०,११ र १२ को जुन मनसुनजन्य विपद्को क्षतिको आँकलन फिल्डमै सिकाउने गरी चैत्र २८ र २९ गते फिल्डमै सिकाउने बताए ।

उनले ६ हजार जति घरको क्षतिको विवरण आएको र त्यसको डिडिए एक महिनाभित्रमा सम्पन्न गर्नेगरी टोली परिचालन गर्ने निर्णय भएको बताए । त्यसको लागि युएनबाट ६ जना प्राविधिकहरु र १२ जना प्राविधिक स्थानीय तहबाट प्राप्त भएको बताए ।

प्रदुषण कम गर्न स्थानीय तहमा सचेतना फैल्याउने, नियन्त्रण गर्न जनशक्ति परिचालन गर्न तीन तहकै सरकारलाई निर्देशन दिने निर्णय भएको छ । साथै देशभरको डढेलो नियन्त्रणमा बढी जोड दिने निर्णय भएको छ ।