काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (मंगलबार) काठमाडौँको बल्खुमा विरोध प्रदर्शन गर्दैछ। प्रदर्शनका कारण काठमाडौँका विभिन्न स्थानहरूमा सवारी आवागमनमा अवरोध सिर्जना हुन सक्ने प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रदर्शनको प्रभावलाई मध्यनजर गर्दै केही स्थानमा सवारी डाइभर्सनको व्यवस्था गरिएको छ। मुख्य डाइभर्सन हुने स्थानहरूमा खसीबजार–मकालु–कलंकी–बाफल मार्ग, बल्खु–कुलेश्वर–कालीमाटी–टेकु मार्ग, तथा कीर्तिपुर–सुन्दरीघाट–सानेपा–एकान्तकुना मार्गहरू रहेका छन्।
यद्यपि आवश्यकताअनुसार त्रिपुरेश्वर, बालाजु, नैकाप, चोभार लगायतका अन्य क्षेत्रहरूमा पनि डाइभर्सन लागू गर्न सकिने ट्राफिक प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्