काठमाडाैँ । मन्त्रीपरिषद्ले वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक मस्याैदा पारित गरेको छ । सोमवार साँझ सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक मस्याैदा पारित गरेको हो ।
मंगलावार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक पूर्वाधार निर्माणमा समेत देश र विदेशको निजी क्षेत्रलाई आकर्षित गर्न सरकारले हालै मात्र वैकल्पिक विकास वृत्तसँग सम्बन्धित एउटा विधेयक तयार पारेको बताए।
उक्त विधेयकलाई सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले पारित गरेको समेत अर्थमन्त्री पौडेलले जानकारी दिए ।उनकाअनुसार सरकारले छिटै उक्त विधेयक संसदमा प्रस्तुत गर्नेछ । विधेयक संसदबाट छिटो भन्दा छिटो पारित होस् भन्ने सरकारको चाहना रहेको उपप्रधानमन्त्री पौडेलको भनाइ छ ।
विधेयक पारित भएसँगै स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई सार्वजनिक पूर्वाधरहरूमा लगानीका लागि आकर्षित गर्न सकिने विश्वास व्यक्त गरे। विधेयकले पूर्वाधार विकासमा रहेको श्रोत व्यवस्थापनको चुनौतिलाइ समेत समाधान गर्न सहज हुने बताए । उनले सरकारले सरकारी कोषमा निर्भर भएर मात्रै सार्वजनिक पूर्वाधार विकासमा स्राेत व्यवस्थापनको आवश्यकता पूरा गर्न नसक्ने बताए ।
उपप्रधानमन्त्री पौडेलले देशभित्रै सुन्दर भविष्य बनाउन सकिन्छ भन्नेकुरालाई आत्मसाथ गरेर अध्ययन गर्न विद्यार्थीलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्