काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गत चैत १५ गते सार्वजनिक तथा निजी सम्पतीमाथि आगजनी र तोडफोड गर्ने माओवादीका कार्यकर्ता भएको आरोप लगाएका छन् ।
मंगलवार राप्रपाले बल्खुमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । टोडफोड गर्न कार्यकर्ता पठाएर झुटा मुद्दामा राप्रपा नेताहरू धवल समशेर राणा, रविन्द्र मिश्र र पशुपति खड्कालाई थुनिएको उनको आरोप छ ।
पक्राउ गरिएका राप्रपा नेता कार्यकर्ताहरूलाई नछोडिए जनताले गणतनत्रवादी नेताहरूको घर घेर्ने दिन आउने उनको चेतावनी छ । उनले जनताले घर घेरे भागेर कहाँ जान्छौं ? भन्दै गणतन्त्रवादी नेताहरुलाई प्रश्न समेत गरे । उनले पाटक पटक सत्तामा बसेका नेताहरुले उद्योगभन्दा बेचेर खाएको समेत आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्