काठमाडाैँ । हालै म्यानमारमा गएको विनाशकारी भूकम्पबाट प्रभावित नागरिकहरूको सहायता गर्न नेपाल उद्योग परिसंघले राहत सामाग्री उपलब्ध गराएको छ। उक्त राहत सामग्री नेपाल सरकारमार्फत म्यानमार सरकारलाई हस्तान्तरण गरिएको हो।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मंगलबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई राहत सामाग्री औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।
परिसंघले चामल, दाल, चिउरा, चाउचाउ, बिस्कुटलगायतका अत्यावश्यक खाद्य वस्तुहरू समावेश गरिएको राहत सामग्री परराष्ट्र मन्त्रालयमार्फत म्यानमार पठाइने जनाइएको छ।
राहत हस्तान्तरण कार्यक्रममा परराष्ट्र सचिव अमृत बहादुर राई, गृह मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका अन्य उच्च अधिकारीहरू, नेपाल उद्योग परिसंघका महानिर्देशक डा.घनश्याम ओझा लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्