काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरताका कारण व्यवसायिक वातावरण बिग्रन नदिन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अस्थिर सरकारका कारण मुलुकमा विगतमा लगानीको वातावरण बिग्रिएपनि अब त्यस्तो अवस्थाको अन्त्य भएको बताएका हुन् ।
उनकाअनुसार नीतिगत अस्थीरताले लगानीको वातावरण विगतमा बिग्रेको थियो ।
देशमा भ्रष्टाचारको न्युनिकरण र अन्त्य गर्न सरकार कटिवद्ध रहेको उनले बताए ।
संघीयताको शुरु शुरुमा हेरक पालिका सरकारले आफैँ कर उठाउन ठाउँठाउँमा बाँस तेस्र्याइएको उनले उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले जनतालाई सेवा सुविधा पुर्याउनका लागि संघीय प्रणाली स्थापित गरिएको बताए ।
निजी क्षेत्रले दिएको सल्लाह सुझावअनुसार सरकार चलेको प्रधानमन्त्री ओलीको भनाइ छ । सरकारले ल्याएका अध्यादेशहरु सही रहेको र अर्थतन्त्र चलायमान हुन सघाउ पुग्ने उनको भनाई छ ।
उनले भने, “सरकारको विश्वसनीयता, सरकारका नीतिहरु छिनछिनमा अनपेक्षित तवरले बदलिने, व्यवसायीक क्षेत्रमा नकारात्मक असर पार्ने, उत्तरदायित्व नलिने, अघिल्लो सरकारले ल्याएका राम्रा कुराहरु पनि उच्चरण नगर्ने, नीतिगत अस्थीरताको अन्त्य गर्न यो सरकार बनेको हो । देशमा भ्रष्टाचारको न्युनिकरण र अन्त्य, सुशासनसँगै सेवा प्रवाह कसरी सहज गर्न सकिन्छ भन्नेमा सरकार लागेको छ ।”
सरकार र निजीको सम्बन्ध नमूनाको हिसावले अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा समेत सरकारले निजी क्षेत्रलाई साथमा लिएर हिँड्ने उद्घोष गरे ।
प्रतिक्रिया दिनुहोस्