सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । शुक्रबार छापावाल सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य एक लाख ८५ हजार रुपैयाँ कायम भएको छ ।

बिहीबार एक लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ३ हजार रुपैयाँले बढेको हो ।

चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ ।