जेष्ठ नागरिक भता पाउने उमेर २ वर्ष बढाउन आयोगको सुझाव


काठमाडौँ । उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले जेष्ठ नागरिक भता पाउने उमेर बढाउन सुझाव दिएको छ ।

आयोगले शुक्रबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको सुझाव प्रतिवेदनमा जेष्ठ नागरिक भता पाउने उमेर पुनः ७० वर्ष कायम गर्न सुझाव दिएको हो ।

अहिले ६८ वर्ष उमेर पुगेकाहरुले भता पाइरहेकोले त्यसलाई २ वर्ष बढाउनको लागि सुझाव दिइको हो ।

चालु खर्च भित्र सामाजिक सुरक्षा खर्च तीव्ररुपमा बढिरहेकोले यसमा हुने खर्च थप बढ्न नदिने उपाय जरुरी रहेको उल्लेख गरिएको छ ।

प्रदेश सरकार र स्थानीय तहहरुले पनि सामाजिक सुरक्षा खर्च गरिरहेकोले कतिपय व्यवस्था घटाउनुपर्ने वा हटाउनुपर्ने जनाएको छ । यसको लागि छात्रवृति लगायत सामाजिक सुरक्षालाई राज्य सुविधा परिचयपत्रको आधारमा लक्षित बनाउँदै जाने, योगदनामा आधारितको दायरा फराकिलो पार्नुपर्ने, राष्ट्रिय परिचय पत्रको प्रयोग बढाई दोहोरो सुविधा प्रदान नियन्त्रण गर्न आयोगले सुझाव दिएको छ ।