काठमाडाैँ । भृकुटीमण्डपमा हिजो विहिबार देखि सुरू भएको दोस्रो नेशनल हर्टिकल्चर प्रदर्शनी २०८१ मा अवलाेकनकर्ता बढ्न थालेका छन् । नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा सुरु भएको पुष्प मेलामा पुष्प, फलफूल कृषिवन तथा जडीबुटी नर्सरीको व्यावसायिक उत्पादन प्रदर्शनीका लागि राखिएका छन् ।
मेलामा मौसमी फूल, फूल्ने तथा नफूल्ने आलंकारीक बोट बिरुवाहरू, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री लगायत अन्य प्रदर्शनी तथा विक्री कक्षा रहेका छन् ।
प्रदर्शनीकाे ५१ हजार जनाले अवलोकन गर्ने र करिब एक करोडको २५ लाखभन्दा बढीको आर्थिक कारोबार हुने आयोजककाे अपेक्षा छ । प्रदर्शनी ३१ गतेसम्म चल्ने बताइएको छ ।























प्रतिक्रिया दिनुहोस्