नेपाल-भारतबिच राजनीतिक रूपमा पनि राम्रो सम्बन्ध छः उपप्रधानमन्त्री सिंह


काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल-भारतबिच राजनीतिक रुपमा पनि राम्रो सम्बन्ध रहेको बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल र भारतबिच सांस्कृतिक मात्र नभइ राजनीतिक रूपमा पनि गहिरो सम्बन्ध रहेको बताएका हुन्।

नेपाली काँग्रेसका संस्थापक नेताहरु, विपी कोईराला, कृष्णप्रसाद भट्टराईदेखि गणेशमान सिंहले नेपालको प्रजातान्त्रिक मुभमेण्टमा पनि भारतमै गएर बस्नुपरेकाले नेपाल र भारतबीचको राजनीतिक सम्बन्ध महत्वपूर्ण रहेको बताए ।

उनले धार्मिक, सांस्कृतिक पक्षबाट नेपाल र भारतबिचको सम्बन्ध झनै प्रगाढ बनेको बताए । उनले नेपाल र भारतमा सबैभन्दा हिन्दु धर्मावलम्वीहरू भएकाले पनि सम्बन्ध बिस्तार भएको र बुद्ध धर्मका कारण पनि नेपाल र भारतबीचको सम्बन्ध उचाईमा पुगेको उल्लेख गरे ।

उपप्रधानमन्त्री सिंहले नेपाल र भारत बिचको सम्बन्ध बिस्तारका लागि बनारसले शिक्षाको क्षेत्रमा पनि महत्वपूर्ण भुमिका खेलेको बताए । राजनीतिक रुपमा पनि नेताहरू प्रजातान्त्रिक आन्दोलन लगायतमा भारतमा बस्ने गरेको बताए ।