सार्वजनिक संस्थानहरुलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्न सुझाव


काठमाडौँ । उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सार्वजनिक संस्थानहरुलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्न सुझाव दिएको छ ।

शुक्रबार आयोगले अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई बुझाएको सुझाव प्रतिवेदनमा सार्वजनिक संस्थानहरुलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गरी सर्वसाधारणलाई सेयर बिक्री गर्न र बण्ड जारी गरेर पुँजी परिचालन गर्न सक्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ ।

व्यवसाय सञ्चालन गर्न नसकेका ५ ओटा सार्वजनिक संस्थानहरु सञ्चालन हुन नसक्ने भए खारेज गरी तिनिहरुको नाममा रहेको अचल सम्पत्ति सरकारको नाम ल्याइ व्वस्थापन गर्नुपर्ने जनाएको छ ।

आयोगले जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल इन्जिनियरिङ्ग कन्सल्टेन्सी सेवा केन्द्र, नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल र नेपाल ओरियन्ड म्याग्नेसाइटको अचल सम्पत्तिहरु अन्य उत्पादनशील प्रयोगमा ल्याउनुपर्ने सुझावप दिएको छ ।

सार्वजनिक संस्थानहरुमा कर्मचारीको तलब वा अन्य खर्च भुक्तानी गर्नको लागि ऋण दिन बन्द गर्न सुझाव दिएको छ ।