तेस्रो संस्करणको प्रधान सेनापति टेनिस प्रतियोगिता अगामी वैशाख २१ गतेदेखि


काठमाडाैँ । तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता वैशाख २१ देखि २८ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

भद्रकालीस्थित त्रिभूवन आर्मी अफिसर्स क्लव र दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल र पुरुष खुला डबल्स र महिला खुला डबल्स स्पर्धामा प्रतिष्पर्धा हुने शुक्रवार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगितामा पुरुष एकल, महिला एकल र डबल्सका विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशः ६० हजार, ३० हजार र १६/१६ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने नेपाली सेनाको प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले जानकारी दिए । त्यस्तै अन्तरसरकारी टेनिस प्रतियोगिता हुने समेत प्रवक्ता केसीले जानकारी दिए ।

अगामी वैशाख ९ देखि १२ गतेसम्म हुने अन्तरसरकारी टेनिस प्रतियोगितामा एकल महिला र एकल पुरुष स्पर्धामा प्रतिष्पर्धा गराइनेछ । नेपालमा टेनिस खेलको विकासमा सहयोग पु¥याउने उद्देश्यका ससञ्चालन हुने प्रतियोगितामा भेट्रान्सतर्फ ३५ वर्ष माथि एकल र युगल, ४५ वर्षमाथि एकल, ५५ वर्ष माथि एकल र युगल, ६५ र ७० वर्ष माथि एकल तथा विधा समावेश गरिएको छ । 

राष्ट्रिय टेनिस संघको सहयोगमा सञ्चालन हुने प्रतियोगिताले टेलिस खेलको विकासमा महत्वपूर्ण योगदान पु¥याउने उनको विश्वास छ । उनले राष्ट्रियस्तरदेखि सबै प्रतियोगिहरु यस प्रतियोगिता सहभागि हुने अपेक्षा समेत गरेका छन् ।