३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट २१ दिनको लागि ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।

यसको साँवा ब्याज राष्ट्र बैंकले वैशाख २१ गते भुक्तानी गर्ने जनाएको छ । राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने उल्लेख गरिएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।