काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत विभिन्न विद्यालयहरूलाइै शैक्षिक सामाग्री वितरण गरिएको छ ।
आइतबार झापाको दमकमा आयोजीत कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका विभिन्न सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी र निजी क्षेत्रले यस्ता शैक्षिक सामग्री उपलब्ध गराइ सहयोग गर्नुपर्नेमा जोड दिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सामुदायिक विद्यालयहरूलाई प्रविधियुक्त शिक्षा प्रदानमा सहयोग पु¥याउने उदेश्यले स्मार्ट वोर्ड, कम्प्युटर, प्रिन्टर लगायतका सामाग्रीहरु वितरण गरिएको बताए ।
सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यावसाय कोषको कार्यक्रम अनुसार ती सामग्री वितरण गरिएको मन्त्रालयका उपसचिव प्रकाश आचार्यले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्