८ अंकले घट्यो नेप्से, ६ अर्ब रुपैयाँ बढिको कारोबार


काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार सिइडिबी होल्डिङ्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ४५ करोड ३२ लाख ९ हजार ५३० रुपैयाँको कारोबार भएको छ ।

आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, विन नेपाल लघुवित्त वित्तीय संस्था रबोटलर्स नेपाल (बालाजू) लगानीकर्ताहरुले सबैभन्दा बढि गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशत र ९.९८ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३२२ कम्पनीको एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड २ लाख ९६ हजार २४५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।