मंगलबारदेखि ५ रुपैयाँदरका नयाँ नोट चलनचल्तीमा


काठमाडौँ । नेपाल राष्ट्र बैंकले वैशाख २ गते मंगलबारबाट ५ रुपैयाँ दरका नयाँ नोट चलन चल्ती ल्याउने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै साविककै आकार र रङ्गमा नोट चलन चल्तीमा ल्याउन लागेको हो । नोटमा तत्कालिन गर्भनर महाप्रसाद अधिकारीको दस्तखत रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार नोटको अगाडी भागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा २०८१ लेखिएको छ ।

नोटको पछाडीको भागको मध्य भागकाृ माथल्लो अण्डमा अंंग्रेजीमा नेपाल राष्ट्र बैंक, मध्य भागमा वन्य याक तथा हुम्ला जिल्लाको लिमी क्षेत्रको हिमालको चित्र, तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपिज फाइभ र तल्लो भागको बोर्डमा नोटको सिरिज नम्बर अंग्रेजीमा २०२४ ए.डी लेखिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार २०७७ मंसिर १० गतेदेखि ५ दर (सिरिज २०२०) को बैंकनोट संकेत नम्बर ०००००१ देखि ९९९९९९ सम्म चलन चल्तीमा ल्याइनेगरी सूचना प्रकाशित गरेमा संकेत नम्बर ०००००१ देखि ५६०००० सम्म मात्र चलनचल्तीमा ल्याइएको छ ।