मंगलबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ८६ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार एक हजार ७०० रुपैयाँले घटेर एक लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।