चालु आर्थिक वर्षको ९ महिनामा रु. ५७ अर्बभन्दा बढी एफडिआई प्रतिबद्धता, पूर्वाधार र ऊर्जामा छैन चासो


काठमाडौँ । चालु आर्थि वर्षको ९ महिनामा ५७ अर्बभन्दा बढी रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी(एफडिआई)को प्रतिबद्धता आएको छ ।

उद्योग विभागको तथ्याङ् अनुसार २०८१ चैतसम्म ५७ अर्ब ९७ करोड ५४ लाख ७३ हजार ४ सय रुपैयाँ बैदेशिक लगानीको प्रतिबद्धता आएको हो ।

लगानी प्रतिबद्धता मध्ये सङ्ख्यात्मक रूपमा पहिलो पर्यटन मूलक र दोस्रोमा सूचनाप्रविधि मूलक परियोजना धेरै छन् । लगानीको हिसाबले भने सेवामूलक र उत्पादन मूलक क्षेत्रमा सबैभन्दा बढि लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागको तथ्याङ्क अनुसार चैत मसान्तसम्म पर्यटनमूलक परियोजना १ सय ९ वटामा १ अर्ब ३८ करोड ७५ लाख ९० हजार रुपैयाँको प्रतिबद्धता आएको छ ।

सूचनामूलक १ सय ८५ परियोजनामा १ अर्ब ११ करोड १६ लाख ३ हजार २ सय रुपैयाँ प्रतिबद्धता आएको छ ।

सेवामूलक ६३ परियोजनाका लागि ३४ अर्ब ९२ करोड ७७ लाख ३० हजार रुपैयाँको र उत्पादनमूलक क्षेत्रमा २ अर्ब ७४ करोड २० लाख ५० हजार २ सय रुपैयाँको प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्कमा देखिन्छ ।

खानी क्षेत्रमा शून्य हुँदा कृषि क्षेत्रमा भने ७६ करोड १० लाख रुपैयाँको प्रतिबद्धता आएको छ । पूर्वाधार क्षेत्रमा २ करोड ५५ लाख रुपैयाँमात्रै प्रतिबद्धता देखिन्छ । उर्जा र पूर्वाधारमा एक÷एक कृषिमा ७ वटा उद्योग रहेका छन् ।

लगानीकाे क्षेत्र अनुसार प्रतिशतको आधारमा सेवा क्षेत्रमा ६० प्रतिशत, पर्यटनमा ३२ प्रतिशत, उत्पादन मुलक क्षेत्रमा ५ प्रतिशत, सूचना प्रविधिमा २ प्रतिशत र कृषि क्षेत्रमा १ प्रतिशत लगानी प्रतिवद्धता भएको छ ।

समग्रमा चैत्र महिनामा १३ अर्ब ३१ करोडको प्रतिबद्धता रहेको उद्योग विभागले जनाएको छ । समग्रमा हेर्दा ऊर्जा र पूर्वाधारमा एफडिआइमा कुनै उत्साह देखिएको छैन ।