काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट २१ दिनको लागि ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि वैशाख २४ गते साँवा ब्याज भुक्तानी गर्ने गरि निक्षेप संकलन गर्ने भएको हो ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्