काठमाडौँ। साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक ७.०१ अंकले बढेर २६९६.२३ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ७ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ५ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
बुधबार न्यादी ग्रुप पावरको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ५९ करोड ४१ लाख ५३ हजार ९६० रुपैयाँको कारोबार भएको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंक, बलेफी हाइड्रोपावर, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, राधी विद्युत् कम्पनी र क्रेस्ट माइक्रो माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् ।
कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत, ९.९९ प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा बढि गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.८१ प्रतिशतले घटेको छ ।
कुल ३२९ कम्पनीको २ करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब २६ करोड ५१ लाख २२ हजार २४१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्