काठमाडौँ । एसईई दिएर बसेका विद्यार्थीहरूलाई ब्रोडवे इन्फोसिसले २४ प्रतिशत छुट दिने भएको छ । आईटी ट्रेनिङ प्रदान गर्ने संस्था ब्रोडवे इन्फोसिसले एसईई दिएका विद्यार्थीले आफ्नो खाली समय सीप सिक्न सदुपयोग गरून भन्ने उद्देश्यले आफ्ना आईटीका ट्रेनिङ कोर्षमा २४ प्रतिशत छुट दिने जनाएको हो ।
अबको समय आईटीको भएको र खाली समयको उपयोग गरेर विद्यार्थीले ब्रोडवेमा आईटीका सीपहरू सिकेर आफुलाई भविष्यका लागि तयार पार्न सकिने ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले जानकारी दिए ।
यो आफर आगामी वैशाख १५ गतेसम्म लागु हुने जनाइएको छ । संस्थाका अनुसार एआई, साइबर सेक्युरिटी, प्रोग्रामिङ, डिजिटल मार्केटिङ लगायतका कोर्षमा एसईई दिएका विद्यार्थीले छुट पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्