शिक्षामन्त्री विद्या भट्टराईद्वारा पदबाट राजीनामा


काठमाडौँ । शिक्षकहरूको आन्दोलन जारी रहेका बेला शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आज मन्त्री भट्टराईले पदबाट राजीनामा दिएको उनको सचिवालयले जनाएको छ ।

शिक्षकहरूको माग सम्बोधन गर्ने गरि मन्त्रीपरिषद् बैठक बस्नु अघि नै भट्टराईले राजीनामा दिएकी हुन् ।