अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव: निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्न लाग्नुस्


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्नेगरी बजेट ल्याउन सुझाव दिएका छन् ।

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् ।

उनले निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राख्न सुझाव दिए ।उनले जुनसुकै क्षेत्रका निर्माण सम्पन्न नभएका परियोजनाहरू भएपनि त्यसलाई सम्पन्न गर्न सरकारको विशेष ध्यानाकर्षण गराए ।

उनले ५० करोड बराबरका परियोजनाहरू डिपीआर तयार भएर टेण्डर आह्वान हुँदा पनि एक करोडको बजेट मागेको बताए । उनले यस्तो प्रवृत्ति नरोकिए निर्माण रोकिएका परियोजना सम्पन्न हुने टाढाको कुरा रहेको बताउँदै छुटाइएको बजेट पनि सदुपयोग नहुने जिकिर गरे ।

उनले वर्तमान परिस्थिति र राजश्व उठ्ने परिस्थिति र खर्च गर्ने क्षमतालाई नहेरी नयाँ परियोजनाहरू नराख्न अर्थमन्त्रीलाई आग्रह गरे ।