काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आफ्नो कर्तव्य बिर्सिएकाे आरोप लगाएका छन् ।
आइतवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकारको तर्फबाट अहिले नयाँ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री (रघुजी पन्त) आएको र शिक्षकहरूको माग पूरा गर्न पहल गर्नेमा विश्वस्त रहेको बताए ।
उनले शिक्षकहरूले यति लामो दिनसम्म आन्दोलनमा रहनु राम्रो नभएको बताए । उनले शिक्षकहरू यति लामो समयसम्म आन्दोलनमा रहनु सरकारको अकर्मण्यता भएको जिकिर गरे । यो सरकारले बाटो बिराएको नतिजा भएको बताए ।
“सरकारको तर्फबाट नयाँ शिक्षामन्त्री आउनुभएको छ । नयाँ शिक्षामन्त्रीले यसको पहल गर्नुहोस् भन्ने शुभकामना छ । शिक्षकहरुको यति लामो समयसम्म आन्दोलन हुनु हुँदैन थियो । निजामति कर्मचारी, स्वास्थ्यकर्मीहरु सडकमा आउने अवस्था छ । यो सरकारको अकर्मण्यता हो,”उनले भने ।
उनले शिक्षा ऐनमा आफ्नो पार्टीको तर्फबाट सांसदहरूले १ सय ३१ वटा संशोधन हालेको जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्