काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ज्यालासम्बन्धी ज्ञानको अभावमा श्रमिकहरू देशभित्रै शोषित हुनुपरेको बताएका छन् ।
अखिल नेपाल टे«ड युनियन महासंघद्वारा सोमवार काठमाडौँमा आयोजित ‘पूर्ण कार्यान्वयन श्रम अधिकार, सुमधुर औद्योगिक वातावरणको पहिलो आधार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले रोजगारदाताहरूले न्युनतम ज्यालासम्बन्धी सरकारले तोकेको मापदण्ड कार्यान्वयन नगर्दा अनुचित सम्झौता गरेर श्रमिकहरु काम गरिरहेको बताएका हुन् ।
उनले नेपालमा न्युनतम तलव १७ हजार रहेको भएपनि अधिकांश मानिसहरू १०, १२ हजारमा हस्ताक्षर गरेर काम गरिराखेको अवस्था रहेकोले यसलाई रोक्नुपर्ने बताए ।
उनले ज्यालाको समस्या समाधान गर्न एकीकृत सूचना प्रणालीको विकास गर्न जरुरी रहेको बताए । उनले श्रम बजारमा भइरहेका समस्याहरुको समाधान गर्न ट्रेडयुनिहरूलाई सक्रिय हुन आग्रह गरे । उनले आन्तरिक एवं वैदेशिक रोजगारसँग सम्बन्धीत ऐन, कानूनहरुको पूर्ण कार्यान्वयन गर्न सरकार तयार रहेको समेत बताए । मन्त्री भण्डारीले श्रमिक र आपुर्तिलाई जोड्न नसक्दा मुलुकमा समस्याहरू बढेको बताए ।
मुलुकको रोजगारदाताहरले आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्नको लागि एकद्वार नीति अपनाएर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्