काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले जारी गर्ने भनिएको श्वेतपत्र स्थगित भएको छ । बर्खास्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भए,गरेका काम र आर्थिक अवस्था देखाउन प्राधिकरणले श्वेतपत्र सार्वजनिक गर्ने तयारी गरे पनि तत्कालका लागि स्थगित भएको प्राधिकरण स्रोतले जनाएको छ ।
प्राविधिक कारणले अर्को सूचना नआउँदासम्म कार्यकारी निर्देशकबाट श्वेतपत्र जारी गर्ने कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
प्राधिकरणमा कुलमान बर्खास्तमा परेर नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आएसँगै प्राधिकरणको आर्थिक अवस्था जटिल रहेको सार्वजनिक कार्यक्रमहरूमा बोल्दै आएका छन् ।
श्वेतपत्रमा प्राधिकरणले चालु आर्थिक वर्षको फागुनसम्म ठेक्कापट्टामा ११ अर्ब ६१ करोड रुपैयाँ बराबरको बिल भुक्तानी गर्न बाँकी रहेको प्राधिकरण स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्