अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रूपैयाँ पुग्ने अनुमान


काठमाडौँ । चालू आर्थिक वर्ष २०८१ ८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रूपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रूपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरेको हो ।

गत आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ९ अर्ब रूपैयाँ रहेको संशोधित अनुमान रहेको छ । चालू आर्थिक वर्षमा उपभोक्ता मूल्यमा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा ३.६७ प्रतिशत रहेको संशोधित अनुमान गरिएको छ ।

यस्तै, कृषि क्षेत्रको ३.२८ प्रतिशत र गैर कृषि क्षेत्रको ४.२८ प्रतिशत वृद्धिदर हुने अनुमान गरिएको छ । प्राथमिक क्षेत्रतर्फ ३.२५ प्रतिशत, द्वितीय क्षेत्रतर्फ ४.६५ प्रतिशत र सेवा क्षेत्रतर्फ ४.२१ प्रतिशत हुने कार्यालयको प्रारम्भिक अनुमान छ ।

आर्थिक वर्ष २०८१ ८२ मा कुल ग्राहस्थ उत्पादनमा प्राथमिक क्षेत्रको योगदान २५.६ प्रतिशत, द्वितीय क्षेत्रको १२.४ प्रतिशत र सेवा क्षेत्रले ६२.० प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा प्राथमिक क्षेत्रको योगदान बढ्ने र सेवा क्षेत्रको योगदान घट्ने अनुमान गरेको छ ।

द्वितीय क्षेत्रको योगदान स्थिर रहने उल्लेख गरिएको छ । गत आर्थिक वर्षमा प्राथमिक क्षेत्रको योगदान २५.२ प्रतिशत योगदान थियो भने सेवा सेवा क्षेत्रको योगदान ६०.४ प्रतिशत रहेको थियो ।

चालू आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा सबैभन्दा धेरै योगदान गर्ने कृषि, वन तथा मत्स्य क्षेत्र रहने अनुमान गरिएको छ । यो क्षेत्रले २५.१६ प्रतिशत योगदान गर्ने छ । यस्तै, व्यापार क्षेत्रले १४.५५ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ ।