प्रधानमन्त्री ओली र भाजपा नेता चौथाइवालेबिच भेटवार्ता, आपसी सम्बन्धबारे छलफल


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले आज भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई देशबिचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो ।