काठमाडाैँ । श्रम, तथा रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नीति तथा कार्यक्रमले योजना र कार्यक्रमको दिशा निश्चित निर्देश गरेको बताएका छन्।
उनले नीति तथा कार्यक्रम समयसीमा तोकेर हुने कामलाई हुने र नहुने कामलाई नहुने भनेर आएको बताएका हुन् । उनले नीति तथा कार्यक्रममा उद्यमशीलता, आन्तरिक रोजगारी, सीपयुक्त जनशक्ति तयार गर्नेदेखि कृषिलगायत उत्पादनमुलक क्षेत्रमा रोजगारी सिर्जनाका लागि जोड दिइएको स्पष्ट पारे ।
उनले सरकारले आन्तरिक रोजगार वर्ष घोषणा गरेकाले मुलुकमा जुन किसिमको केही भएको छैन भन्ने भास्य निर्माण गरिएको छ त्यसलाई चिर्नका लागि दक्ष जनशक्ति तयार गर्ने र उद्यमशीलताको आधारमा नयाँपुस्ता लक्षित कार्यक्रम घोषणा गरिएको दाबी गरे । उनले प्राविधिक शिक्षलाई ग्रेडिङ गरेर विश्वविद्यालयसम्म लैजाने नीति लिएको पनि स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्