काठमाडौँ । लामिनार टायल्स्ले काठमाडाैँमा ‘एस्क्लुसिभ फ्ल्यागसिप एक्सपिरियन्स सेन्टर’को शुभारम्भ गरेको छ ।
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले आज एक समारोहबिच सेन्टरको उद्घाटन गरेका हुन् ।
औपचारिक उद्घाटनसँगै नयाँ घर बनाउन वा घरको पुर्ननिर्माण गर्न चाहने उपभोक्ता, निर्माणकर्मी, इञ्जिनियर र इन्टेरियर डिजाइनरका साथै टायलबारे रुची र सरोकार राख्ने जोकुकैको लागि उक्त सेन्टरको खुल्ला भएको कम्पनीले जनाएको छ ।
एकै थलोमा रहेर कम्पनीले उत्पादन गरिरहेको सम्पूर्ण संग्रहरूका साथै नेपाली टाइलको नविनता प्रविधिको प्रत्यक्ष अवलोकन र अनुभव लिनको लागि अवसर प्रदान गर्ने भन्दै गैरीधारा, उत्तरढोका अगाडी सेन्टरको स्थापना गरिएको कम्पनीले जनाएको छ ।
सेन्टरको उद्घाटनका क्रममा मन्त्री सिंहले नेपाली उत्पादनहरूको प्रयोग बढाउन आग्रह गर्दै भने, “होटल, रेष्टुरेन्ट, भवन, अस्पताल वा व्यक्तिगत घर-जुनसुकै प्रकारको भौतिक संरचना निर्माण गर्दा पनि लामिनार भिट्रिफाइड टायल्स् प्रयोग गर्न सबैलाई अनुरोध गर्दछु ।”
विशेषगरी सातवटा संग्रहमा वर्गीकृत ४०० भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका डिजाइनहरू राखिएको छ र चार हजार बर्गफिट क्षेत्रफलमा सेन्टर फैलिएको छ ।
सेन्टरमा ०.०८ प्रतिशतभन्दा कम पानी सोस्ने गुणयुक्त पूर्णतया भिट्रिफाइड टायलहरूलाई प्रदर्शनीमा राखिएका छन् जसले उच्च मजबुती, दिर्घकालीन टिकाउपन, दाग प्रतिरोधी विशेषताका साथ दिगो सौन्दर्यलाई सुनिश्चित गर्नेछन् ।
“यो सेन्टर परम्परागत शोरूमभन्दा फरक छ जसलाई डिजाइन प्रेरणाको गन्तव्य र नेपालकै नवप्रवर्तनको अभूतपूर्व प्रमाणको रुपमा लिन सकिन्छ,” लामिनार टायल्स्का अध्यक्ष सुव्रतधितालले भने, “हाम्रो एक्सपिरियन्स सेन्टर लामिनारको विश्वस्तरीय गुणस्तर, दिगो स्थानीय उत्पादन र डिजाइन–मुखी सोचप्रति समर्पणको प्रतीक हो ।”
लुम्बिनी सेरामिक्स् लिमिटेडद्धारा उत्पादित लामिनार टायल्स् बर्दियाको गुलरियास्थित १४ विघा क्षेत्रफलमा अवस्थित उत्पादन केन्द्रमा निर्माण हुन्छ जसको दैनिक उत्पादन क्षमता एक लाख ४० हजार बर्गफिटभन्दा बढी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्