मकवानुपरको काउलीमा भेटियो ५१ प्रतिशत विषादी


काठमाडौँ । मकवानुपरमा उत्पादित काउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको कारण खान अयोग्य ठहरिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कालीमाटीस्थित ६८७ नम्बरको भोज कुमारी खड्काको पसलमा बिक्रीका लागि राखिएको मकवानपुरमा उत्पादित काउलीमा अर्गानोफस्फेट नामक कीटनाशक विषादीको मात्रा ५१.५३३ प्रतिशत रहेकाले खान अयोग्य ठहरिएको हो ।

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी जाँच गर्दा रोकावट प्रतिशत ३५ भन्दा कम उपभोगयोग्य, ३५ देखि ४५ सम्म केही दिन राखेर खान मिल्ने र ४५ भन्दा बढी खान अयोग्य मानिन्छ ।