रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लाभांश घोषणा


काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांंश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

वैशाख २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बेठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई हाल कायम चुक्तापूँजी ४ अर्ब ६४ करोड रुपैयाँको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३१५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

उल्लेखित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगाी साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनिहरुलाई वितरण हुनेछ ।