काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एम.ए.डब्लू इन्जिनियरिङ्गलाई ३ दिनभित्र कागजात लिएर विभागमा उपस्थित हुन भनेको छ ।
विभागले बुधबार उद्योग फर्महरुको अनुगमन निरीक्षण गर्दै एम.ए.डब्लू इन्जिनियरिङ्गलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर ३ दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिएको हो ।
यस्तै, सेलवेज क्यास एण्ड क्यारी, बानेश्वर गार्डेन रेष्ट्रो, द विङ्स फ्याक्ट्रीलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर ३ दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ
क्याम्प वाटरलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर ७ दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्