पाकिस्तानमा रहेका नेपालीको सुरक्षामा सरकार सतर्क, दूतावासमार्फत सहायता उपलब्ध


काठमाडौँ । पाकिस्तानमा हालैका दिनमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिकको सुरक्षा र हित सुनिश्चित गर्न नेपाल सरकार पूर्ण रूपमा सतर्क रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयले आज एक प्रेस विज्ञप्तिमा जारी गर्दै पाकिस्तानस्थित नेपाली राजदूतावास विद्यार्थी तथा अन्य नेपालीहरूसँग नियमित सम्पर्कमा रही आवश्यक सहयोग प्रदान गरेकाे जनाएकाे हाे ।

“विद्यार्थी, तिनीहरूका अभिभावक, आफन्त तथा पाकिस्तानमा रहेका नेपालीहरूले आवश्यकता परे जुनसुकै समयमा दूतावाससँग सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ,” विज्ञप्तिमा उल्लेख छ।

सम्पर्कका लागि निम्न व्यक्तिहरू र सम्पर्क माध्यम उपलब्ध गराइएको छः

वृन्दा सुबेदी खड्का, तृतीय सचिव — फोन: +९२ ३३१३२९३११९

आर्सलान मेहमुद — फोन: +९२ ३४०५१७४२६१, ईमेल: [email protected]