एक वर्षको सफल परीक्षणपछि नेपाली बजारमा ‘टुनल्याण्ड जी सेभेन’ सार्वजनिक हुँदै


काठमाडाैँ । एक वर्ष लामो परीक्षणपछि अन्तर्राष्ट्रिय स्तरको पिकअप गाडी टुनल्याण्ड जी सेभेन अब नेपाली ग्राहकका लागि सार्वजनिक हुने भएको छ।

एमएडब्लू वृद्धिले विभिन्न भूभागमा विशेष अनुसन्धान, परीक्षण र विकासपछि यो गाडी नेपाली सडकका लागि उपयुक्त रहेको प्रमाणित भएको जनाएको छ।

सुविधायुक्त र बलियो बनावट भएको टुनल्याण्ड जी सेभेन मा १६० हर्सपावरको इन्जिन र ३९० एनएम टर्क रहेको छ, जसले जटिल भूगोल र कठिन सडकमा समेत सन्तुलित प्रदर्शन गर्न सक्षम बनाउने कम्पनीकाे दाबी छ ।

कम्पनीका अनुसार २२५ मिमिको ग्राउन्ड क्लियरेन्सका कारण उकालो–ओरालो वा उबडखाबड बाटोमा पनि सजिलै संचालन गर्न सकिन्छ।

कम्पनीका अनुसार सुरक्षाका दृष्टिकोणले गाडीमा हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल जस्ता सुविधा उपलब्ध छन्, जसले उकालो र ओरालोमा चलाउने बेलामा सहजता ल्याउँछ। पुस-स्टार्ट बटनले गाडी स्टार्ट गर्न अझ सजिलो बनाएको छ।

आधुनिक प्रविधियुक्त १२.३ इन्चको इनफिनिटी स्क्रिन गाडीको भित्री भागलाई प्रिमियम बनाउँछ। साथसाथै पानोरामिक सनरुफ ले प्राकृतिक प्रकाश प्रदान गर्दै यात्रालाई रमाइलो बनाउने उद्देश्य राखिएको कम्पनीले जनाएकाे छ ।

सिटहरूमा हिटेड र भेन्टिलेटेड सिस्टम राखिएको छ, जुन १२ तरिकाले इलेक्ट्रिक रूपमा समायोजन गर्न सकिनेछ। यस्तै, अटोमेटिक एयर कन्डिसनिङ प्रणालीले वर्षभर तापक्रम सन्तुलित राख्न सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ।

एमएडब्लू वृद्धिका अनुसार शक्ति, सुरक्षा र लक्जरीको संयोजनमा बनेको टुनल्याण्ड जी सेभेन नेपाली पिकअप बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास गरिएको छ ।