विधेयकका सिद्धान्त र बजेटबारे रास्वपाको कार्यशाला


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतासहित बार्षिक बजेटबारे कार्यशाला आयोजना गरेको छ ।

कार्यक्रममा अर्थशास्त्री तथा सरकारका पूर्व सचिव रामेश्वर खनाल र डा. स्वर्णिम वाग्लेले सांसदहरूलाई समसामयिक आर्थिक विषयवस्तु, बजेट निर्माण प्रक्रियामा ध्यान दिनुपर्ने बुँदाहरू, प्राथमिकता निर्धारणका आधारहरू र व्यावहारिक सुझावहरूबारे विस्तृत जानकारी दिइरहेका छन् ।

सांसदहरूलाई नीति निर्माण प्रक्रियामा प्रभावकारी रूपमा सहभागिता जनाउन तथा बजेटको अध्ययन र विश्लेषण गर्न सशक्त बनाउने उद्देश्यले गरिएको छलफलमा रास्वपाका संघीय सांसदहरूको सहभागिता रहेको नेता मनिष झाले जानकारी दिएका छन् ।