मंगलबार तोलामा २ हजार रूपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ८६ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ हजार रूपैयाँले घटेर एक लाख ८४ हजार ८०० रूपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला प्रतितोला १० रूपैयाँले बढेर एक हजार ९७० रूपैयाँमा कारोबार भइरहेको छ ।