काठमाडौँ । शिक्षक आन्दोलनले गुमाएको पठनपाठनको क्षति पूर्ति गर्न हिउँदे वा वर्षे विदाको अवधि उपयोग गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयहरूलाई आग्रह गरेको छ।
नेपाल शिक्षक महासङ्घको आह्वानमा २०८१ सालको चैत्र महिनामा काठमाडौँ केन्द्रित रूपमा सञ्चालन गरिएको पेशागत आन्दोलनका कारण विद्यालयको भर्ना प्रक्रिया र पठनपाठन प्रभावित भएको मन्त्रालयले जनाएको छ। विद्यार्थीको सिकाइमा गुमेको अवसर पूर्ति गर्न विद्यालयको अनुकूलताअनुसार पठनपाठन सञ्चालन गर्न मन्त्रालयले अनुरोध गरेको हो।
शिक्षा ऐन २०२८ को दफा १६ (ङ) अन्तर्गत शिक्षकहरूको पेशागत हकहितका लागि आन्दोलन गरिएको मन्त्रालयको भनाइ छ। सो क्रममा शिक्षक तथा विद्यालय कर्मचारीको सहभागिताले विद्यालयमा उत्पन्न अनुपस्थितिको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। यसै सन्दर्भमा शिक्षकहरूको मनोबल उच्च राख्दै विद्यालयको प्रशासनिक प्रबन्धलाई सुदृढ गर्नुपर्ने मन्त्रालयको धारणा छ।
प्रतिक्रिया दिनुहोस्