काठमाडौँ । नेपाल नागरकि उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा भैँसी आतंक भनिएको क्षेत्र विमानस्थलको मुख्य क्षेत्रबाहिर भएको प्रष्ट पारेको छ ।
विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा भित्र भैँसी आतङ्क, अधिकांश जमिन प्रयोगविहीन भनेर प्रकाशित तथा प्रसारित समाचारप्रति ध्यानर्कषण भएको भन्दै उक्त क्षेत्र मुख्य क्षेत्रभन्दा बाहिर रहेकाे प्रष्टिकरण दिएकाे हाे ।
विमानस्थललाई आवश्यक पर्ने उड्डयन संरचना निर्माणको लागि नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार विभिन्न मितिमा पटक पटक जग्गा अधिग्रहण गरिएको र प्रयोगविहीन भन्ने भनाइलाई प्राधिकरणले गलत भनेकाे छ ।
विज्ञप्तिमा ‘देशको एउटा मात्र विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बलियो विकल्पको रुपमा अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्ने उद्देश्यले मन्त्रिपरिषदको २०७२/०९/२९ तथा २०७३/०१/०७ को निर्णय बमोजिम हाल सम्म करीब ४५३ बिगाहा जग्गा अधिग्रहण भएको र अन्य करीब ४७ बिगाहा सार्वजनिक जग्गा (पर्ती, ऐलानी, खोला, कूलो आदी) गरी करिव ५००’ विगाहा मात्र रहेको’ प्राधिकरणले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
प्राधिकरणले ४५३ बिगाहामा विमानस्थलकाे संरचना रहेकाे जनाएकाे छ । भैंसी आतंक भनिएकाे क्षेत्र त्याेभन्दा बाहिरकाे विज्ञप्तिमा उल्लेख गरेकाे छ ।
हेर्नुहोस विज्ञप्ति :
प्रतिक्रिया दिनुहोस्