सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले स्वदेशमै सिमेन्टको खपत बढाउनुपर्नेमा जोड दिएका छन् ।

सोमवार ललितपुरमा आयोजित सिमेन्ट उत्पादक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सिमेन्टमा पूर्ण रुपमा आत्मनिर्भर भएको भन्दै अब स्वदेशमै खपत बढाउनुपर्नेमा जोड दिएका हुन् । उनले कस्टलाई थोरै मार्जिन राखेर धेरै उत्पादन गर्नुपर्ने बताए ।

उनले नेपाललाई कनेक्टीभिटीको हिसावले उदाहरणीय देश बनाउने गरी अघि बढिरहेको बताए । उनले चीन र भारतको विकासबाट सिकेर नेपाल अघि बढ्न जरुरी रहेको बताए ।

विकासको दृष्टिले नेपाल पनि कम नरहेको भन्दै पछिल्लो १५ वर्षमा धेरै काम गरेको दाबी गरे। सडक सम्बन्धी नीति निर्माणको काममा पनि सरकारले विशेष चासो दिएर काम गरिरहेको उल्लेख गरे । उनले समस्या पहिचान गरेरअघि बढ्दा काम गर्न सहज हुने बताए ।

“नेपाल सिमेन्टमा पूर्ण रूपले आत्मनिर्भर भयो भनेर अध्यक्षज्युुलाई सोधको थिएँ । पूर्ण रुपमा आत्मनिर्भर मात्रै होइन, सिमेन्ट बाहिर पठाउने, बाहिर बेच्ने अवस्थामा पनि पुगेको छ भन्नुभयो । सिमेन्टमा आत्मनिर्भर भइसकेका छौँ भने अब हामीले हाम्रै देशमा यसलाई कसरी लगाउने ? त्यसमा सोच्नुपर्छ,” उनले भने ।