काठमाडौँ । एसकेटी नेपाल प्रा.लि. भक्तपुरको सिएसआर सहयोगमा संस्कृति इन्टरनेसनल स्कुल, ठुलो भर्याङ स्वयम्भुमा कक्षा १० मा अध्ययनरत विद्यार्थी क्रिश्बिन शर्माले तनहुँको बन्दीपुर वडा नम्बर १, नाहालास्थित हरियाली कृषक समूहलाई दुई थान विद्युतीय मकै छोडाउने मेसिन निःशुल्क हस्तान्तरण गरेका छन्।
क्रिश्बिनले ‘संस्कृति स्टुडेन्ट अफ द यियर २०२५’ अन्तर्गत क्षमता प्रदर्शन विधामा प्रथम स्थान हासिल गर्दै पुरस्कार स्वरूप प्राप्त नगद रु १०,००० को प्रभावकारी उपयोग गर्दै उक्त सहयोग गरेका हुन्।
कृषिमा आधुनिक प्रविधिको पहुँच बढाउन र उत्पादनशैलीमा सुधार ल्याउन विद्यार्थी स्तरबाट गरिएको यस्तो पहल अनुकरणीय भएको एसकेटी नेपालका सञ्चालक कृष्ण शर्माले बताए।
विद्यालय प्रशासनले पनि शर्माको सामाजिक उत्तरदायित्वप्रतिको समझदारी, नेतृत्व क्षमता र समुदायप्रतिको समर्पणको खुलेर प्रशंसा गरेको छ। विद्यालयले आगामी दिनमा यस्ता सामाजिक उत्तरदायित्वमा विद्यार्थीहरूलाई अझै प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया दिनुहोस्