काठमाडाैँ । प्रतिनिधि सभाको आजको बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।
बैठक सुरू भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै होहल्ला गर्दै संसदको नियमित प्रक्रियामा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन्।
विपक्षी दलहरूले भिजिट भिषा प्रकरणको निष्पक्ष छानविनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न गृहमन्त्रीलाई आग्रह गरे । राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने भन्दै विपक्षी दलहरूले सदनमा होहल्ला र नाराबाजी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्