स्टार्टअपलाई सहुलियतपूर्ण कर्जाको लागि ७३ करोड बजेट विनियोजन


काठमाडौं । सरकारले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ३ प्रतिशत व्याजदरमा सहुलियत कर्जा उपलब्ध गराउने बताएका छन् ।

अर्थमन्त्री पौडेलले स्टार्टअपहरुलाई ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने र त्यसका लागि ७३ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

जेन–जी पुस्तालाई लक्षित गरी नवप्रवर्तनमा आधारित स्टार्टअपलाई प्राथमिकता दिइने समेत अर्थमन्त्री पौडेलले घोषणा गरेका छन् ।