रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फाेटाे फिचर)


काठमाडाैँ । रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन गरिएको छ । सहकाल र वर्षाका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आइतवार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रदर्शन गरिएको हो ।

गुठी संस्थान ललितपुरका प्रतिनिधिले मत्स्येन्द्रनाथको रथमा उभिएर भोटो देखाए । भोटो प्रदर्शनीमा राष्ट्रपति पौडेलसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, मन्त्रीहरू र सरकारी उच्च पदस्थ कर्मचारीहरू सहभागी थियाे।

भोटो प्रदर्शनपछि राष्ट्रपतिसहितका उच्च पदस्थ व्यक्तिहरूले रातो मत्स्येन्द्रनाथको टिका र प्रसाद ग्रहण गर्नुभयो । यो परम्परा करिव ८०० वर्ष पुरानो मानिन्छ । भोटो देखाउनुको पछाडि भूतप्रेतलाई खाना चढाउने र वर्षा तथा सहकालको प्रतिकका रूपमा रातो मत्स्येन्द्रनाथको पूजा गर्ने विश्वास रहँदै आएको छ ।

मणि माणिक्य जडित भोटोको दर्शनले मानसिक चिन्ता हट्ने, शान्ति मिल्ने र शुभ फल प्राप्त हुने जनविश्वास छ । यस अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको थियो । फाेटाेः न्युज एजेन्सी नेपाल