काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध कायमै राख्ने अडान राखेको छ ।
सिंहदरबारमा बसेको तीन ठूला दलका शिर्ष नेताको बैठकमा आफूहरूले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान राखेको पार्टी प्रमुख सचेतक हितराज पाण्डेले बताए।
प्रमुख सचेतक पाण्डेकाअनुसार बैठकमा राजावादीको बढ्दो सक्रियता र संसदको गतिरोध अन्त्यको विषयमा छलफल भएको छ । उनले सत्तारुढ दलहरुले गृहमन्त्रीकले राजीनामा दिनुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै संसदको कारबाही अगाडि बढाउनुपर्ने कुरा राखेको समेत जानकारी दिए । गृहमन्त्रीको राजीनामा माग कायमै राखेको र अन्य प्रतिपक्षी दलहरुसँग छलफल गरेर थप निर्णय लिने पाण्डेको भनाइ छ ।
प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले सत्तापक्षले संसद खुलाएर अघि बढ्नुपर्ने प्रश्ताव राखेकोमा सत्तापक्षले छलफल गरेर अघि बढ्ने जवाफ दिएको बताए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नताबारे पुष्टि हुने आधार नभेटिएकाले संसदको अवरोध खुलाएर अघि बढ्नुपर्ने कुरा राखेको बताए । मंगलवारदेखि संसदको कारबाही अघि बढ्नेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्